Kathmandu Press

कोशीबाट राष्ट्रियसभामा मेचे र पोर्तेल निर्वाचित, थापा यसअघि नै निर्विरोध

दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। झापाको हल्दिबारी स्थायी बासिन्दा पोर्तेल लामो समयदेखि एमाले संगठन तथा दलित आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन्।
कोशीबाट राष्ट्रियसभामा मेचे र पोर्तेल निर्वाचित, थापा यसअघि नै निर्विरोध

मोरङ, माघ ११ : राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट महिला–अल्पसंख्यक समूहमा रोशनी मेचे र दलित समूहमा सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवारहरूले सफलता हासिल गरेका हुन्।

दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। झापाको हल्दिबारी स्थायी बासिन्दा पोर्तेल लामो समयदेखि एमाले संगठन तथा दलित आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन्।

Hardik ivf

उनी कांग्रेस–एमाले–जसपा गठबन्धनको समर्थनमा उम्मेदवार बनेका थिए। दलिततर्फ नेकपाबाट खेम सुन्दास उम्मेदवार थिए।

उनले २०४७ सालमै अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए भने ४७ वर्षकै उमेरमा राष्ट्रियसभा सदस्य बनेका हुन्। यसअघि उनी २०७४ पछि जिल्ला समन्वय समिति झापाको प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। 

हाल एमाले प्रदेश कमिटी सदस्य रहेका पोर्तेल २०५१ सालदेखि उत्पीडित समुदायको आन्दोलनमा सक्रिय छन्। उनी मुक्ति समाज नेपालको उपमहासचिवसमेत हुन्।

अल्पसंख्यक समूहअन्तर्गत निर्वाचित रोशनी मेचे पनि झापाकै प्रतिनिधि हुन्। झापाको धाइजन स्थायी बासिन्दा ४३ वर्षीया मेचेले ६४ जना प्रदेशसभा सदस्य र १९९ जना स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले कूल ७ हजार १७३ मतभार प्राप्त गरिन्।

मेचे झापामा ऐतिहासिक बसोबास रहेको मेचे समुदायकी प्रतिनिधि हुन् । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय सदस्यका रूपमा सिंहदरबारमा कार्यरत थिइन्। पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी मेचे हाल गोरखापत्र संस्थानमा कार्यरत छिन्। उनी मेचे भाषाका समाचार संयोजन गर्दै आएकी छन्।

यसअघि कोशी प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनकै तर्फबाट सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति: २०:०६ बजे, आइतबार, माघ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्