Kathmandu Press

वर्गीकरण प्रकृयामा सहभागी हुन सबै जेनजी घाइतेहरूलाई मन्त्री गौतमको आग्रह

आफ्नो तीन महिना कार्यकाल पुरा गरेको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले २ हजार एक सय ९ जना घाइतेको पहिचान गरेकोमा एक सय ८९ जनाको वर्गिकरण गरिसकेको र बाँकी घाइते जेनजीहरु सम्पर्कमा नआएको जानकारी दिइन्।
वर्गीकरण प्रकृयामा सहभागी हुन सबै जेनजी घाइतेहरूलाई मन्त्री गौतमको आग्रह

काठमाडौं, माघ ११ : स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले गत भाद्र २३ र २४ गतेको जान्दोलनमा घाइते भएका सबैलाई वर्गिकरण टुंग्याउने प्रकृयाको लागि यथाशिघ्र सम्पर्कमा आउन आग्रह गरेकी छन्।

आफ्नो तीन महिना कार्यकाल पुरा गरेको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले २ हजार एक सय ९ जना घाइतेको पहिचान गरेकोमा एक सय ८९ जनाको वर्गिकरण गरिसकेको र बाँकी घाइते जेनजीहरु सम्पर्कमा नआएको जानकारी दिइन्।

Hardik ivf

‘हामीले जेनजी आन्दोलनमा घाइतेको उपचारको जिम्मा लिएका थियौं त्यसमध्ये २ हजार एक सय ९ जना घाइतेको पहिचान गरेर एक सय ८९ जनाको वर्गिकरण गरिसकेको छौं । बाँकी जेनजीहरु सम्पर्कमा आउनुभएको छैन। उहाँहरुलाई यो वर्गिकरण टुंग्याउने प्रकृयाको लागि यथाशिघ्र आउन आग्रह गर्न चाहान्छु,’ उनले भनिन्।

घाइतेहरुले गरेको व्यक्तिगत खर्च अस्पतालले फिर्ता गर्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिइन्। ‘हामीले जेनजी घाइतेले औषधि उपचार गरेबापत रकम फिर्ता गर्ने कार्यविधि बनाएको थियो। जो घाइतेहरुले व्यक्तिगत खर्च गर्नुभएको थियो ,अस्पतालले उहाँहरुको त्यो रकम फिर्ता गर्ने व्यवस्था पनि मिलाएको छौं ’उनले भनिन्।

उनले मानसिक स्वास्थ्यलाई मन्त्रालयले दोस्रो प्राथमिकतामा राखेर काम गरेको बताउँदै धेरै संघीय अस्पतालहरुमा मनोसामाजिक परामर्श केन्द्रहरु सुरु भइसकेको जानकारी गराईन्। 

‘हाम्रो दोस्रो प्राथमिकता मानसिक स्वास्थ्य थियो । विभिन्न गोष्ठिहरु पनि गर्यौ। यसमा धेरै संघीय अस्पतालहरुमा मनो सामाजिक परामर्श केन्द्रहरु सुरु भइसकेका छन्,’ उनले भनिन्।

मन्त्री गौतमले स्वास्थ्य व्यवसायी परिषद्को माग सम्बोधन गर्नेगरी प्रकृया अगाडि बढेको जानकारी दिइन्।

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, माघ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्