ओलीसँगको सार्वजनिक बहस बालेनद्वारा अस्वीकार
७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने तर्क उनले गरेका छन्।
काठमाडौं, माघ ११ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट प्रधानमन्त्रीका उम्मेदवार बनाइएका बालेन्द्र शाह ९बालेन० ले सार्वजनिक बहस अस्वीकार गरेका छन् ।
उनी झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। भावी प्रधानमन्त्रीका उम्मेदवारहरूलाई आगामी नीति तथा कार्यक्रमबारे एउटै मञ्चमा राखेर सार्वजनिक बहस हुनुपर्ने माग भइरहेका बेला शाहले भने अस्वीकार गरेका हुन्।
बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समेत गरेका हुन्।
‘आफूलाई देश जलाउनेको रूपमा स्वीकार गरेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो। तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने होरुरु। त्यसपछि अरू कुरा गरौँला,’ उनले लेखेका छन्।
७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने तर्क उनले गरेका छन्।
बालेनको यो प्रतिक्रिया केपी ओलीको पब्लिक डिबेट प्रस्ताव र चुनावी बहसको अवसरमा आएको हो, जसले सामाजिक सञ्जाल तताएको छ।












