Kathmandu Press

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु

प्रदेश निर्वाचन निर्वाचन कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा भएको मतदानमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो मतदान गरेका छन्।
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु

सुर्खेत, माघ ११ : राष्ट्रियसभा निर्वाचनमा मतदान शुरु भएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आज निर्वाचन हुँदैछ।

कर्णालीबाट रिक्त हुने दुई पदका लागि तीन दलका पाँच जना उम्मेदवार चुनावी मैदानमा छन्।

Hardik ivf

प्रदेश निर्वाचन निर्वाचन कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा भएको मतदानमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो मतदान गरेका छन्।

कर्णालीमा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेस–एमालेको गठबन्धनबाट नेपाली काँग्रेसका ललित शाही र नेकपा एमालेका मिना सिंह रखाल उम्मेदवार छन्। नेकपाल्े दुर्गा शर्मा र अन्नु महतारा शाहीलाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट नेकपाले पाउने एक सिट गुमाउने देखिएको छ। एमालेले एक सिट जोगाउन सफल हुने छ भने काँग्रेसले कर्णालीमा एक सिट थप्ने आँकलन गरिएको छ।

कर्णाली प्रदेशसभा सदस्य र पालिका प्रतिनिधिको मतभारमा कांग्रेस–एमालेको बहुमत छ। दुई दलको कुल मतभार तीन हजार ५८ छ।

प्रकाशित मिति: ११:३० बजे, आइतबार, माघ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्