Kathmandu Press

माघ १६ मा कांग्रेसको मधेस सभा नहुने

तर निर्वाचन आचारसंहिता लागू भइसकेको र फागुन ४ अघि उम्मेदवारहरूले प्रचारप्रसार तथा कुनै पनि सभा जुलुस गर्न नपाउने निर्वाचन आयोगले बताएपछि कांग्रेसले मधेस सभाको मिति सारेको हो।
माघ १६ मा कांग्रेसको मधेस सभा नहुने

काठमाडौं, माघ ११ : नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनेको मधेस सभा नहुने भएको छ। सभापति गगन थापासहितका नेताहरू माघ ११ गते मधेस जाने र १६ गते जनकपुरमा मधेस सभा गर्ने कार्यक्रम तय थियो।

तर निर्वाचन आचारसंहिता लागू भइसकेको र फागुन ४ अघि उम्मेदवारहरूले प्रचारप्रसार तथा कुनै पनि सभा जुलुस गर्न नपाउने निर्वाचन आयोगले बताएपछि कांग्रेसले मधेस सभाको मिति सारेको हो।

मधेस सभाको अर्को मिति छलफल गरी तय गरिने बताईएको छ । 

प्रकाशित मिति: ०८:५९ बजे, आइतबार, माघ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्