Kathmandu Press

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज

काठमाडौं, जेठ ९ : कोरोना संक्रमणको कारण मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज भएका छन्। धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनीहरुको पीसीआर....

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज

काठमाडौं, जेठ ९ : कोरोना संक्रमणको कारण मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज भएका छन्। धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनीहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका हुन्।

दोस्रो पटक पनि पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। 

जन्डिस देखिएको शिशुको शुक्रबार पुनः जाँच गराउँदा निको भइसकेको र डिस्चार्ज गर्न योग्य भएको निष्कर्ष बाल रोग विशेषज्ञले दिएकोले डिस्चनर्ज गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरु एक साता सम्बन्धित क्वारेन्टाइनमा बस्नेछन्।

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, जेठ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्