टेस्ट राष्ट्रमाथि नेपालकाे पहिलो जित
याे जितले सुपर सिक्समा पुग्ने नेपालकाे झिनो आशालाई कायम राखेको छ। पहिलो पटक टि–२० विश्वकप ग्लोबल छनोटमा खेलिरहेको नेपाल पहिलो जित हात पारेको हो। ने
काठमाडाैं, माघ १० : नेपालको राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो विजय हात पारेको छ। नेपालले महिला टि–२० विश्वकप ग्लोबल छनोटमा शनिबार पूर्ण राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गर्यो।
याे जितले सुपर सिक्समा पुग्ने नेपालकाे झिनो आशालाई कायम राखेको छ। पहिलो पटक टि–२० विश्वकप ग्लोबल छनोटमा खेलिरहेको नेपाल पहिलो जित हात पारेको हो। ने
पाल पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित गरेको थियो ।
जिम्बावेले दिएकाे १३० रनकाे सामान्य लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटकाे क्षतिमा भेट्टायाे। नेपालका लागि उपकप्तान पूजा महतोले अविजित अर्धशतक बनाइन। उनले ५० बल खेली ४ चौका र २ छक्कासहित ५२ रन बनाइन्।
नेपाललाई विजय दिलाउन जिम्बावेको अनियन्त्रित बलिङले पनि ठूलो सहयोग गरेको थियो। नेपालले अतिरिक्तमा २० रन पाएको थियो, जसमा जिम्बावेका बलरले वाइडमा १९ दिएका थिए
सम्झना खड्का ७ बलमा १ चौका प्रहार गरि ९ र विन्दु रावल १७ बलमा २ चौका प्रहार गरी १५ रनमा आउट भइन्। त्यसपछि कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोले तेस्रो विकेटमा ३५ रनको महत्त्वपूर्ण साझेदारी गरिन् । इन्दुले २२ रन बनाइन्।
सीता रानामगर ११ रनमा रिटायर्ड हर्ट भइन्। उनले सो क्रममा महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिमा एक हजार रन पूरा गरिन्। यो सफलता पाउने उनी नेपालकी तेस्रो खेलाडी हुन्। यसअघि इन्दु र पूजाले नेपालबाट १ हजार रन बनाइसकेकी छन्। रु
यसअघि केलिस ध्लोभुले अविजित ५२ रन बनाएपछि जिम्बावेले ६ विकेटकाे क्षतिमा १२९ रन बनायाे। उनले ३६ बल खेली ८ चौका प्रहार गरिन् । ओपनर विलोभ्ड बिजाले ३४ रन जोडिन् । उनले ३५ बल खेलि ४ चौका प्रहार गरिन्।
बलिङमा नेपालका रिया शर्माले २ विकेट लिइन्। उनले ४ ओभरमा २५ रन खर्चेकी थिइन्। कविता कुँवर, सीता रानामगर, रुविना क्षेत्री र पूजा महतोले १–१ विकेट लिइन्।









![यसरी हुँदै छ नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-45_5503a18f-1773839671.png)
![टुँडिखेलमा घोडेजात्राकाे राैनक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_9ac6e447-1773838191.jpg)

