Kathmandu Press

टाइगर कप भलिबल : पुरुषमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध,

पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले पुनरागमन जित निकाल्दा खेल निर्णायक सेटमा पुगेको थियो। निर्णायक सेटमा १५–१३ ले आफ्नो पक्षमा पर्दै पर्वतले ३–२ को रोमाञ्चक जित निकाल्यो।
टाइगर कप भलिबल : पुरुषमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध,

कास्की, माघ १० : छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ। 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत भलिबलले पुलिसलाई ३–२ को सेटमा स्तब्ध पार्‍यो।

Hardik ivf

पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछि दुई सेट गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो। पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले पुनरागमन जित निकाल्दा खेल निर्णायक सेटमा पुगेको थियो। निर्णायक सेटमा १५–१३ ले आफ्नो पक्षमा पर्दै पर्वतले ३–२ को रोमाञ्चक जित निकाल्यो।

आजै भएको पहिलो खेलमा महिलातर्फको विभागीय डर्बीमा नेपाल पुलिस क्लब विजयी भयो। उसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो।

पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुपर्‍यो। पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो।

महिलातर्फकै अर्को खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो। पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो। 

थाइल्यान्डले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ को रोमाञ्चक जित निकाल्दा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै एपीएफले १५–१३ को रोमाञ्चक जित निकाल्यो । पाँचौं सेटमा खेलमा फर्किने प्रयास गरेपनि थाइल्यान्ड सफल हुन सकेन।

पुरुषतर्फको खेलमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएनमाथि ३–० को शानदार जित दर्ता गर्‍यो। गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको हो । गण्डकीले पहिलो जित निकाल्दा माल्दिभ्सले दोस्रो हार बेहोर्न पुग्यो । 

प्रकाशित मिति: २०:०४ बजे, शनिबार, माघ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्