Kathmandu Press

जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने दल राप्रपा मात्र हो : कमल थापा

उनले जेनजी युवाहरुले यो देशमा गत २० वर्षदेखि कायम रहदै आएको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि उठाएको माग अधुरो रहेको भन्दै त्यो अधुरो मागलाई पूरा गर्न सक्ने क्षमता राप्रपामा मात्र रहेको बताए।
जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने दल राप्रपा मात्र हो : कमल थापा

काठमाडौं, माघ १० : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित राप्रपा पार्टीको भेला तथा कार्यक्रममा उनले जेनजी युवाहरुले यो देशमा गत २० वर्षदेखि कायम रहदै आएको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि उठाएको माग अधुरो रहेको भन्दै त्यो अधुरो मागलाई पूरा गर्न सक्ने क्षमता राप्रपामा मात्र रहेको बताए।

Hardik ivf

‘राप्रपालाई किन भोट दिने भन्ने कुरामा म स्पष्ट पार्न चाहन्छु, यो चुनाव मध्यावधी चुनाव हो। यो चुनाव गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको परिणाम हो,’ उनले भने, ‘जेनजी युवाहरुले देशमा गत २० वर्षदेखि कायम रहँदै आएको भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आवाज उठाएका थिए। जेनजी युवाहरुले उठाएको माग अधुरो रहेको छ। त्यो अधुरो चाहना र मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा हो।’

उनले स्वतन्त्र, स्वाभीमान नागरिक भएर हेर्ने हो भने भ्रष्ट व्यवस्था र शासकका मूल संवाहक काङ्ग्रेस र कम्युनिष्ट पार्टी भएको भन्दै जनताले यो सबैबाट मुक्ति खोजीरहेको बताए। 

कांग्रेसस र कम्युनिष्टको गलत नीतिले गर्दा देशमा संकट आएको भन्दै भ्रष्ट व्यवस्था र शासकका मूल संवाहकले देशलाई भ्रष्टाचारबाट मुक्त गराउन नसक्ने पनि उनको भनाई छ।

प्रकाशित मिति: १९:०० बजे, शनिबार, माघ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्