संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय
काठमाडौं, जेठ ९ : शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव गर्ने निणर्य गरेको छ। बैठकले १३ गते संसद बस्नुअघि संविधान संशोधन प्र....

काठमाडौं, जेठ ९ : शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव गर्ने निणर्य गरेको छ। बैठकले १३ गते संसद बस्नुअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।
भारतद्वारा अतिक्रमित भूमि समेटेर हालै जारी गरिएको नयाँ नक्साअनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधन गर्न संविधान संशोधन गर्न लागिएको हो।
सरकारले बिहीबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरिसकेको छ।
प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











