Kathmandu Press

रास्वपासँग बार्गेनिङ गरेको थिइनँ : कुमालन

पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उनले उल्लेख गरे। समानुपातिक उमेदवार चयनका क्रममा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको उनले जिकिर गरे।
रास्वपासँग बार्गेनिङ गरेको थिइनँ : कुमालन

काठमाडौं, माघ १० : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सँगको एकताका क्रममा आफूले कुनै पदको ‘बार्गेनिङ’ नगरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू रवि लामिछानेलाई सभापति र बालेन्द्र शाहलाई वरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासँग एकता प्रक्रियामा गएको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको बताएका हुन्।

Hardik ivf

पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उनले उल्लेख गरे। समानुपातिक उमेदवार चयनका क्रममा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको उनले जिकिर गरे।

प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढी उमेदवार उठाउने प्रस्ताव आफूहरूले गरेको उनले स्पष्ट पारे।

उनले प्रत्यक्षतर्फको उमेदवार उठाउने विषयमा भनाइ राख्दा रास्वपाले एकता भंग गरेको र आफू आश्चर्यचकित भएको उल्लेख गरे।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीसँग एकता भंग गर्न रास्वपालाई अन्यत्रबाटै दबाब आएको हुन सक्ने आशंका व्यक्त गरे। 

प्रकाशित मिति: १५:१७ बजे, शनिबार, माघ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्