हरिबोल गजुरेलसहित सात जना नेता–कार्यकर्ता नेकपाबाट निस्कासित
पार्टीबाट निस्कासनमा पर्नेहरूमा सिन्धुलीका हरिबोल गजुरेल, महेश्वर दाहाल, दाङ क्षेत्र नं. ४ का कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।
काठमाडौं, माघ १० : नेपाली कम्युनिष्ट पार्टीले पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवारी दिएको आरोपमा सात जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ।
आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारकको भूमिकामा रहेका व्यक्तिलाई पार्टी विधानको दफा १०६ अनुसार अनुशासनात्मक कारबाही गर्दै निस्कासन गरिएको पार्टीले जनाएको छ।
पार्टीबाट निस्कासनमा पर्नेहरूमा सिन्धुलीका हरिबोल गजुरेल, महेश्वर दाहाल, दाङ क्षेत्र नं. ४ का कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।
पार्टी सह–संयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णय विपरीत गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)