‘सिन्दुरे जात्रा’मा विजय र अञ्जना अनुबन्ध
अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन्। ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो।
काठमाडौं, माघ १० : सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ। सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले मुख्य दुई कलाकार अनुबन्ध गरेको हो।
अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन्। ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो।
यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए। जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ। यो चलचित्रले नेपाली बक्स अफिसमा झण्डै ५० करोड भन्दा बढीको व्यापार गरेर इतिहास रचेको छ।
निर्देशक पौडेलले ’पूर्णबहादुरको सारङ्गी’ मार्फत आफूलाई नेपालको ‘ब्लकबस्टर निर्देशक’को रूपमा स्थापित गरे। उनले एउटा सामान्य गन्धर्व परिवारको कथा, बुबा–छोराको सम्बन्ध र शैक्षिक संघर्षलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरे, जसले देशभरका दर्शकलाई रुवायो र हलसम्म तान्यो।
यो चलचित्र विजय बरालको करियरको टर्निङ पोइन्ट बन्यो। उनले ‘पूर्णबहादुर’ को केन्द्रीय भूमिका निर्वाह गरेका थिए।
अहिले निर्देशक पौडेलले त्यही लक्की टिम विजय र अञ्जनालाई लिएर ‘सिन्दुरे जात्रा’ सुरु गर्न लागेसँगै पुनः एकपटक पर्दामा जादु चलाउने अपेक्षा गरिएको छ।









![यसरी हुँदै छ नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-45_5503a18f-1773839671.png)
![टुँडिखेलमा घोडेजात्राकाे राैनक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_9ac6e447-1773838191.jpg)

