Kathmandu Press

प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली

‘भदौ २३ मा यत्रो युवाहरू मारिए। त्यो हत्याको आरोप केपी ओलीमाथि लगाइयो। प्रधानमन्त्री बन्दुक समातेर बस्ने, गोली चलाउन जाने व्यक्ति हुँदैन । सेना, प्रहरी र सशस्त्र प्रहरीको आ–आफ्नो जिम्मेवारी हुन्छ,’ ओलीले भने।
प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली
फाइल तस्बिर।

काठमाडौं, माघ १० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् 

झापा क्षेत्र नम्बर ५ मा जनता तथा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले उक्त घटनाको जिम्मेवारी प्रधानमन्त्रीमाथि थोपर्नु गलत रहेको स्पष्ट पारेका हुन्।

‘भदौ २३ मा यत्रो युवाहरू मारिए। त्यो हत्याको आरोप केपी ओलीमाथि लगाइयो। प्रधानमन्त्री बन्दुक समातेर बस्ने, गोली चलाउन जाने व्यक्ति हुँदैन । सेना, प्रहरी र सशस्त्र प्रहरीको आ–आफ्नो जिम्मेवारी हुन्छ,’ ओलीले भने।

Hardik ivf

उनले सुरक्षा व्यवस्थापन प्रशासनको जिम्मामा रहने उल्लेख गर्दै प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने वा नदिने भूमिका नभएको जिकिर गरे।

उनले घटनापछि फैलाइएका आरोप र प्रचारलाई ‘आयातित भ्रम’को संज्ञा दिँदै भने, ‘यो गाउँका मान्छेले बनाएको कुरा होइन। बाहिरबाट पठाइएको भ्रम हो । त्यही भ्रममा परेर मान्छेहरू उकासिए, कुदाइए, तोडफोड, आगजनी र लुटपाट गराइयो।’ 

यस्तो भ्रम फैलाउने शक्तिहरू नै अहिले ठूलो स्वरमा बोलिरहेको ओलीको आरोप थियो।

अध्यक्ष ओलीले एमालेमाथि विरोध नयाँ विषय नभएको भन्दै दुई तिहाइ बहुमतसहित सरकार गठन गर्दा र विकास निर्माणका काम गर्दा पनि चर्को विरोध भएको स्मरण गराए । ‘हामी देश बनाउन लागिरहेका छौँ, त्यसैले हाम्रो विरोध भएको हो,’ उनले भने, ‘हामी देश बनाउने र देश जोगाउने अभियानमा छौँ।’

उनले आफू सरकारबाट हटेपछि झापा क्षेत्रमा विनियोजन भएका बजेट रोकिएको बताए । उनले भने, ‘म सरकारबाट हट्नेबित्तिकै यहाँका बजेट रोकिए । अहिले हामीसँग प्रतिस्पर्धा गर्न आउनेहरू नै बजेट रोकाउनेहरू हुन्।’ 

ओलीले यस क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गर्दै ‘यहाँ केही भएन’ भन्न नमिल्ने बताए। ओलीले एमाले विकासका कुरा मात्र नगरी काम गरेर देखाउने पार्टी भएको दाबी गर्दै अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे।

‘हामीले गरेका कामहरू पूरा गर्न र नयाँ विकासका काम अघि बढाउन चुनाव लडिरहेका छौँ, हामी विकास गर्ने मान्छे हौँ, गरेका छौँ र गर्छौं,’ उनले भन ।

प्रकाशित मिति: १३:२७ बजे, शनिबार, माघ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्