Kathmandu Press

बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित

खडेरीले बाली सुक्दै गएका बेला लामो समयपछि हिँउदे बर्षा तथा हिमपात हुँदा बाजुराबासी निकै हर्षित बनेका छन्।
बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित

बाजुरा, माघ १० : बाजुरामा लामो समयपछि हिउँदे बर्षा तथा हिमपात भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बाजुराको उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षासँगै हिमपात भएको हो।

शुक्रबार रातीदेखि बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षासँगै हिमपात भएको छ। खडेरीले बाली सुक्दै गएका बेला लामो समयपछि हिँउदे बर्षा तथा हिमपात हुँदा बाजुराबासी निकै हर्षित बनेका छन्।

Hardik ivf

लामो समयपछि जिल्लामा बर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुँदा अत्याधिक जाडोको अनुभव गरीएको छ । करिब पाँच महिनाको अन्तरालपछि बर्षा तथा हिमपातले बालीनाली सप्रिने भन्दै बाजुराका किनासहरु खुसी पनि भएका छन्।

खडेरीले बालीनाली सुक्दै गएको बेला बर्षा र हिमपात हुँदा अब बालीनालीमा सुधार हुने र उत्पादनमा बृद्धि हुने बिश्वास रहेको बाजुराको बडीमालिका ७ रजातोलीका स्थानीय हरिचन्द्र पाध्यायले बताए।

photo-1_33d47769-1769228312.jpg

उनका अनुसार, हिउँदे बर्षा र हिमपात नहुँदा हिउँदे बाली सुक्न थालेको थियो। बर्षा तथा हिमपात हुँदा जिल्लाका पर्यटकीय स्थल बडिमालिका, बूढीनन्दा, सुनन्दा, रानीसैन, कालाजग्रा, बडालेखल लगायतका उच्च हिमाली तथा लेकाली क्षेत्र यतिबेला सेताम्मे बनेका छन्। जिल्लामा यो वर्ष पहिलो पटक हिँउदे बर्षा तथा हिमपात भएको हो ।

बाजुरासहित सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा लेकाली भु–भागमा बर्षा तथा भारी हिमपात जारी रहेको छ। हिमपात भए पछि चिसोको कारण बालबालिका र बृद्धबृद्धा समस्या परेका छन्। बाजुराको पोरखेगढीमा भारी हिमपात भएका कारण मार्तडी देखि पुर्वि उत्तरी भेगमा चल्ने सवारीसाधन ठप्प बनेका छन्।

 

प्रकाशित मिति: १०:०४ बजे, शनिबार, माघ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्