Kathmandu Press

रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले दिउँसो १२ः०० बजे दुवैलाई मृत घोषणा गरेका हुन्।
रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

रौतहट, माघ ९ : रौतहटको राजदेवी नगरपालिकामा शुक्रबार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई युवकको मृत्यु भएको छ।

शुक्रबार राजदेवी नगरपालिका वडा नं. १ स्थित पथरा स्कुल नजिकै गौर–पिपरा भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो। गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले दिउँसो १२ः०० बजे दुवैलाई मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार मृत्यु हुनेमा रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं. २, पिपरा बजार ३० वर्षीय अशोक महतो र रौतहट राजदेवी नगरपालिका वडा नं. २, हजमिनिया का २९ वर्षीय अरबिन्द महतो रहेका छन्।

यस घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:५८ बजे, शुक्रबार, माघ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्