Kathmandu Press

राष्ट्रिय सभामा दाहालको प्रश्न– जेनजी आन्दोलन परिवर्तन थियो कि वितण्डा मात्र?

उनले झण्डै साढे चार महिना अघि भएको ‘जेनजी आन्दोलन’ का नाममा भएका गतिविधिहरूको नागरिक समाज, राजनीतिककर्मी तथा सर्वसाधारणले समीक्षा गरिरहेको बताए।
राष्ट्रिय सभामा दाहालको प्रश्न– जेनजी आन्दोलन परिवर्तन थियो कि वितण्डा मात्र?

काठमाडौं, माघ ९ : पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा पछिल्ला वर्षहरूमा देखिएका राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा भइरहेको बताएका छन्।

राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले राजनीतिक उतारचढाव धेरै भएको उल्लेख गर्दै अहिलेको अवस्था १० वर्षअघिको भन्दा फरक रहेको बताए। 

Hardik ivf

उनले झण्डै साढे चार महिना अघि भएको ‘जेनजी आन्दोलन’ का नाममा भएका गतिविधिहरूको नागरिक समाज, राजनीतिककर्मी तथा सर्वसाधारणले समीक्षा गरिरहेको बताए।

‘राजनीतिक उतारचढावहरु धेरै नै भएका छन्। अहिले १० औँ वर्ष भन्दा पृथक खालका घटनाक्रमहरु भएका छन् । झण्डै साँढे चार महिना अगाडि भएको जेनजी आन्दोलन जेनजीका नाममा भएको घटनाहरु यसको सन्र्दभमा गम्भिर समिक्षा पनि हुँदैछ,’ उनले भने, ‘नागरिक समाज, राजनीतिककर्मीहरु सम्पूर्ण जनताहरुले यसको समिक्षा पनि गर्दै छन्।’

दाहालले ती घटनाक्रमहरूले मुलुकमा कुनै आमूल परिवर्तन गर्ने उद्देश्य राखेका थिए वा केवल वितण्डा मात्र थिए भन्ने प्रश्न उठिरहेको बताए। उनले नेपाली जनताको धरोहर मानिने सिंहदरबार जलाइँदा त्यस वरिपरि तैनाथ सुरक्षाकर्मीलाई खबरदार आगो निभाउलास् भनेर खबरदारी गर्नु आन्दोलन हो भनेर प्रश्न गरे।

‘यी घटनाक्रमहरु मुलुकमा कुनै आमुल परिवर्तन गर्ने गरी गरिएको थियो वा यो एउटा वितण्डा मात्र थियो यो प्रश्न जताततै उठिरहेको छ । नेपाली जनताको धरोहर सिंहदरबार जलाउनु र त्यही वरिपरि बसेका सुरक्षाकर्मीले टुलुटुलु हेरेर बस्नु भएको र उनीहरुलाई खबरदार आगो निभाउलास् भनेर खबरदारी गर्नु आन्दोलन हो?,’ उनले भने।

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, माघ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्