द्रुत गतिमा समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ स् मन्त्री भण्डारी
‘तपाईहरुले ५० हजार मान्छेहरुलाई रोजगारी दिइरहनु भएको छ। ५० हजार रोजगार दिने मान्छेका लागि रोजगार मन्त्रालयले के गर्नुपर्यो त्यो भोली बाटै लिएर आउनु, यो यो कार्यविधि राखेर यस्तो काम गर्नुपर्यो भनेर भन्न म पर्सि नै पास गर्दिन्छु । यो गतिमा जानुपर्यो,’ उनले भने।
काठमाडौं, माघ ९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले समस्याको बारेमा मन्त्रालयमा जानकारी गराए तुरुन्तै समस्याको समाधान गर्ने बताएका छन् ।
फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको २४औं वार्षिक साधारण सभामा उनले एशोसिएसनले ५० हजार नेपालीलाई रोजगार दिएको उल्लेख गर्दै उक्त संस्थाको लागि गर्नुपर्ने काम मन्त्रालयले तुरुन्तै गर्ने बताए ।
‘तपाईहरुले ५० हजार मान्छेहरुलाई रोजगारी दिइरहनु भएको छ। ५० हजार रोजगार दिने मान्छेका लागि रोजगार मन्त्रालयले के गर्नुपर्यो त्यो भोली बाटै लिएर आउनु, यो यो कार्यविधि राखेर यस्तो काम गर्नुपर्यो भनेर भन्न म पर्सि नै पास गर्दिन्छु । यो गतिमा जानुपर्यो,’ उनले भने।
उनले समस्या समाधान मात्र होइन बदमासि गर्नेलाई कारबाही नै आवश्यक भएको भन्दै एक खालको बज्र प्रहार नगरि समस्या नहट्ने बताए।
‘समस्या समाधान मात्र गरेर हुँदैन कारबाही पनि गर्नुपर्छ भनेर हामीले ठाँउको ठाँउ कारबाही गर्ने काममा लागेका छौं। ठग्ने, बदमासि गर्नेलाई कारबाही गरि हाल्ने । एक खालको बज्र प्रहार आवश्यक छ,’ उनले भने।

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)