Kathmandu Press

आलमको घरमा प्रहरीको छापा 

काठमाडौं, जेठ ९  : नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको घरमा प्रहरीले छापा मारेको छ। १२ वर्ष अघिको बम विष्फोट र सामुहिक हत्य....

आलमको घरमा प्रहरीको छापा 

काठमाडौं, जेठ ९  : नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको घरमा प्रहरीले छापा मारेको छ। १२ वर्ष अघिको बम विष्फोट र सामुहिक हत्याकाण्डमा पुर्पक्षमा लागि जेल चलान भएका आलमको भाइलाई खोजिरहेको प्रहरीले बिहीबार राति रौतहटस्थित उनको घरमा छापा मारेको हो। 

उनका भाई महताब आलम घरमा आएको भन्ने सुचनाको आधारमा प्रहरी छापा मार्न पुगेको थियो। छापा मार्ने क्रममा स्थानीयले ढुंगामुढा गरेर अवरोध गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायरसमेत गरेको थियो।

बम बिस्फोटमा घाइते भएकाहरूलाई प्रमाणसमेत नष्ट हुने गरी जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोगमा आलमसहित उनका भाई र अन्य नौं जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो।

प्रहरीले आलमलाई पक्राउ गरेपनि अन्य सबै फरार रहेका छन्। प्रहरीले उनका भाइलाई भने फेला पार्न सकेन।

प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, जेठ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्