गोरखा २ बाट बाबुरामले फिर्ता लिए उम्मेदवारी
आफूनिकटका केही नेताहरूसँग छलफल गरेर डा. भट्टराईले गोरखा २ बाट उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।
गोरखा, माघ ९ : प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्।
आफूनिकटका केही नेताहरूसँग छलफल गरेर डा. भट्टराईले गोरखा २ बाट उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।
उनलाई उम्मेदवारी फिर्ता लिन रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आग्रह गरेका थिए।
उनले आफूले उम्मेदवारी फिर्ता लिएर कसलाई समर्थन गर्ने भन्नेबारे भने खुलाएका छैनन्।
गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन्।
प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, माघ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












