राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण [तस्बिरहरू]
राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो।![राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-5_a2899ee1-1769150962.jpeg)
काठमाडौं, माघ ९ : राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी)को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन्।
सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टिका, माला र फूलप्रसाद प्रदान गरेका थिए।
राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो।

समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो।
वसन्त पञ्चमीका अवसरमामा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिने प्रचलन छ। यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।














