Kathmandu Press

वैशाखदेखि हालसम्म पाँच हजार ९६६ विपद्का घटना 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर ३८ जना बेपत्ता भएका छन् भने ११ हजार ५३५ परिवार प्रभावित भएका छन् । 
वैशाखदेखि हालसम्म पाँच हजार ९६६ विपद्का घटना 

काठमाडौँ, माघ ९ : गत वैशाखदेखि हालसम्म देशभर कुल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छभने एक हजार छ सय ४३ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर ३८ जना बेपत्ता भएका छन् भने ११ हजार ५३५ परिवार प्रभावित भएका छन् । 

Hardik ivf

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । दुई हजार ६९२ वटा आगलागीका घटना हुँदा ७५ जनाको अकालमा ज्यान गएको छ । यस्तै, चार सय ४२ जना घाइते हुँदा दुई हजार ९९६ परिवार प्रभावित भएका छन् । त्यसैगरी, पहिरोका मात्रै पाँच सय ७७ घटना घटेको छ । पहिरोमा परेर ७१ जना मृत्यु भएको छभने पाँच बेपत्ता छन् भने ८० जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार बाढीको तीन सय १६, भारी वर्षाको चार सय २७, चट्याङको तीन सय ५२, सर्पदंशको पाँच सय ८० घटना घटेको छ । वन डढेलोको एक सय ८६, हुरीबतास दुई सय ९०, जनावर आक्रमण चार सय २२, लेक लाग्नुका एक सय पाँच घटना घटेको छ ।

हिउँ पहिरोको सङ्ख्या पाँच छ । भूकम्प सात, डुङ्गा पल्टेर दुई, असिनापानी, शीतलहर, महामारी र हवाई दुर्घटना एक–एक घटना भएका छन् । पछिल्ला दिनमा त झन् आगलागीका घटनामा बढोत्तरी भएको छ । सामान्य सावधानी अपनाउँदासमेत न्यूनीकरण गर्न सकिने आगलागीका घटना न्यूनीकरण गर्न सकिने विभागको प्रष्टोक्ति छ ।

प्रकाशित मिति: ०९:०७ बजे, शुक्रबार, माघ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्