Kathmandu Press

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

पछिल्लो समय राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, झण्डाकै आवरणमा देशविरोधी गतिविधि गर्ने तथा झण्डा प्रयोग गरेर मत माग्ने जस्ता कार्यहरू बढ्दै गएको भन्दै उनले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन्।
राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

काठमाडौं, माघ ८ : संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पछिल्लो समय राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, झण्डाकै आवरणमा देशविरोधी गतिविधि गर्ने तथा झण्डा प्रयोग गरेर मत माग्ने जस्ता कार्यहरू बढ्दै गएको भन्दै उनले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन्।

‘राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो। राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन्। तत्काल बन्द हुनुपर्यो । राष्ट्रिय झण्डा ओड्ने कपडा होइन। यसतर्फ सम्वद्ध निकायको ध्यान जावस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

उनले राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता कार्यहरूलाई कडाइका साथ निषेध गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, माघ ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्