Kathmandu Press

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जगदीश खरेलले राजीनामा दिएपछि रिक्त रहेकाे सरकारकाे प्रवक्ताकाे जिम्मेवारी अर्याललाई दिने निर्णय गरेकाे हाे।
गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं, माघ ८ : गृहमन्त्री ओमप्रकाश अर्याल नेपाल सरकारकाे प्रवक्ता नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जगदीश खरेलले राजीनामा दिएपछि रिक्त रहेकाे सरकारकाे प्रवक्ताकाे जिम्मेवारी अर्याललाई दिने निर्णय गरेकाे हाे।

Hardik ivf

बैठकले अर्थ मन्त्रालय अन्तर्गतको सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिए।

त्यसैगरी गृहमन्त्रालय अन्तर्गत रहेको जाँचबुझ आयोगकाे म्याद २० दिन थप गर्ने निर्णय गरेकाे छ। आयोग २०८२ भदौमा गठन भएकाे थियाे।

 

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, माघ ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्