कपिलवस्तुका दुई पत्रकारमा पनि कोरोना
काठमाडौं, जेठ ९ : आज कोरोना भाइरसको संक्रमण देखिएका कपिलवस्तुका नौ जनामध्ये दुई पत्रकार रहेको खुलेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, आज कपि....

काठमाडौं, जेठ ९ : आज कोरोना भाइरसको संक्रमण देखिएका कपिलवस्तुका नौ जनामध्ये दुई पत्रकार रहेको खुलेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, आज कपिलवस्तुका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र आठ वर्षीया बालिका रहेका छन्। त्यसमध्ये दुई जना पत्रकार रहेको पाइएको हो।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले यसको पुष्टि गरेका छन्। आज देखिएका संक्रमितमध्ये दुई जना पत्रकार रहेको उनले बताए।
यस अघि वीरगञ्जका पत्रकारमा कोरोनाको संक्रमण देखिएको थियो। उनीहरुको उपचार चलिरहेको छ।
प्रकाशित मिति: ११:०५ बजे, शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











