कांग्रेसले शुक्रबार सानेपामा बोलायो बैठक

काठमाडौं, माघ ८ : विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ। बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी पुस ३० गते नयाँ केन्द्रीय कार्यसमितिको चयन गरेको थियो।
नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलोपल्ट सानेपामा बैठक बस्न लागेको हो।
पार्टीभित्रको आन्तरिक कलहका कारण नवनिर्वाचित केन्द्रीय कार्यसमिति सानेपामा नगई बाहिरनै बैठक राख्दै आएको छ।
बैठकबाट सभापति थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी छ।
प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, माघ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










