Kathmandu Press

कांग्रेसले शुक्रबार सानेपामा बोलायो बैठक

कांग्रेसले शुक्रबार सानेपामा बोलायो बैठक

काठमाडौं, माघ ८ : विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ। बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ। 

विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी पुस ३० गते नयाँ केन्द्रीय कार्यसमितिको चयन गरेको थियो।

Hardik ivf

नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलोपल्ट सानेपामा बैठक बस्न लागेको हो। 

पार्टीभित्रको आन्तरिक कलहका कारण नवनिर्वाचित केन्द्रीय कार्यसमिति सानेपामा नगई बाहिरनै बैठक राख्दै आएको छ।

बैठकबाट सभापति थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी छ। 

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, माघ ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्