Kathmandu Press

मकवानपुरको सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना, एक जनाको मृत्यु

दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
मकवानपुरको सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर, माङ ८ : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

Hardik ivf

बिहीबार बिहान १ बजे सर्लाहीबाट हेटौंडा–भीमफेदी–कुलेखानीहुदै काठमाडौंतर्फ जाँदै गरेको म।प्र। ०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप ब्रेक फेल भई सडकबाट ७ मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

दुर्घटनामा सहचालक मण्डलसहित सर्लाही वरहथवा नगरपालिका–१ कै १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय रामवली साह घाइते भएका थिए।

प्रहरीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा सहचालक रोहनको बिहीबार बिहानै मृत्यु भएको हो। घाइते पासवान र साहको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बोलेरो गाडीमा रहेको ५ सय वटा कुखुरा मध्ये ३ सय वटा मरेका छन्।

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, माघ ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्