Kathmandu Press

जनताको विश्वास मजबुत बनाउने कपिलवस्तु–१ का उम्मेद्वार अतहरको प्रतिबद्धता 

नेपाली कांग्रेसका उम्मेदवार रहेका मुसलमानले मतदातालाई सम्बोधन गर्दै उनले देश अहिले ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै लोकतन्त्रलाई अझ सबल, जनउत्तरदायी र परिणाममुखी बनाउने जिम्मेवारी आम नागरिकको काँधमा आएको बताएका हुन् ।
जनताको विश्वास मजबुत बनाउने कपिलवस्तु–१ का उम्मेद्वार अतहरको प्रतिबद्धता 

काठमाडौं, माघ ७ : प्रतिनिधि सभा सदस्य निर्वाचन कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार अतहर कमाल मुसलमानले देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा चित्रण गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार रहेका मुसलमानले मतदातालाई सम्बोधन गर्दै उनले देश अहिले ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै लोकतन्त्रलाई अझ सबल, जनउत्तरदायी र परिणाममुखी बनाउने जिम्मेवारी आम नागरिकको काँधमा आएको बताएका हुन् । उनले प्रतिनिधि सभा निर्वाचन केवल सत्ता प्रतिस्पर्धा मात्र नभई देशको दिशा र जनताको भविष्य निर्धारण गर्ने निर्णायक अवसर भएको धारणा व्यक्त गरे ।

Hardik ivf

नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य, समावेशिता, सामाजिक न्याय र जनताको सर्वोच्चतालाई केन्द्रमा राख्दै समयअनुसार आफूलाई परिमार्जन गर्दै आएको दाबी गर्दै उनले परिवर्तनलाई नेतृत्व गर्ने र चुनौतीलाई अवसरमा बदल्ने पार्टी नेपाली कांग्रेस रहेको बताए । उनले शिक्षा र स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने, युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने, कृषि आधुनिकीकरण गर्ने, पूर्वाधार विकासलाई तीव्रता दिने तथा सुशासनमार्फत जनताको विश्वास मजबुत बनाउने प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका मुसलमानले आफू पदको आकांक्षाभन्दा पनि स्थानीय जनताको समस्या, पीडा र चाहनालाई संसदसम्म पुर्‍याउने साझा अभियानका रूपमा निर्वाचनलाई लिएको बताए ।
 

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, माघ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्