Kathmandu Press

राष्ट्रियताका सवालमा कांग्रेस सरकारसँगै छ : पौडेल

काठमाडौं, जेठ ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौ‌ं विमति भएपनि राष्ट्रियताका सवालमा क....

राष्ट्रियताका सवालमा कांग्रेस सरकारसँगै छ : पौडेल
फाइल

काठमाडौं, जेठ ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौ‌ं विमति भएपनि राष्ट्रियताका सवालमा कांग्रेस सधैँ सरकार र प्रधानमन्त्रीको साथमा रहेको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कांग्रेसका केन्दीय सदस्य समेत रहेका पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले डटेर अडान लिनु पर्ने पनि बताएका छन्। उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सधैँ कांग्रेस सरकारको साथमा रहने बताएका छन्।

‘घरेलु राजनीतिमा सरकार र प्रधानमन्त्रीसँग हजारौं विमति होलान् तर राष्ट्रिय स्वाधीनताको रक्षाको मामिलामा हामी सरकारसँगै छौं। सरकारले डटेर अडान लिनैपर्छ, हामी साथमा छौं। केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक छ। मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठलाग्दो हुने रहेछ,’उनले भनेका छन्। 

केही भारतीय मिडियाले नेपालले सार्वजनिक गरेको नयाँ नक्साको विषयलाई लिएर सनसनीपूर्ण शैली देखाएको भन्दै उनले त्यसप्रति खेद प्रकट गरेका छन्। 

प्रकाशित मिति: १०:०४ बजे, शुक्रबार, जेठ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्