सुनको मूल्य तीन लाख नजिक
तोलामा १० हजार ४ सय रूपैयाँ बढेको सुनकाे मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ।
काठमाडौं, माघ ७ : नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार सुनको मूल्य तोलामा १० हजार ४ सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।
यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: १२:१२ बजे, बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












