सर्लाहीमा एकैदिन १५ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ ९ : सर्लाहीमा एकैदिन थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगश....

काठमाडौं, जेठ ९ : सर्लाहीमा एकैदिन थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीको गोडैता नगरपालिका सर्लाही गोडैता नगरपालिका–८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका–७ का १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
संक्रमण पुष्टि भएकाहरु सर्लाही गोडैता नगरपालिका–८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २३, २४, २५, २५, २७, ३२, ३४, ३४, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीया किशोरी रहेका छन्।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४८७ पुगेको छ। तीमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।












