Kathmandu Press

कपिलवस्तुमा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ ९ : कपिलवस्तुमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, क....

कपिलवस्तुमा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि
सांकेतिक

काठमाडौं, जेठ ९ : कपिलवस्तुमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा कपिलवस्तुका थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

संक्रमित कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीया बालिका रहेको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए। 

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको अधिकारीले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४८७ पुगेको छ। तीमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: ०९:२९ बजे, शुक्रबार, जेठ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्