विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघ्यो
काठमाडौं, जेठ ९ : विश्वमा कोरोना भाइरस अर्थात् कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिट....

काठमाडौं, जेठ ९ : विश्वमा कोरोना भाइरस अर्थात् कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार ६२१ पुगेको छ ।
यस्तै, संक्रमित हुनेको संख्या भने ५२ लाख नजिक पुगेको छ । अहिलेसम्म ५१ लाख ९३ हजार ७६० पुगेको वर्ल्डो मिटर्सले जनाएको छ । कुल सङ्क्रमितमध्ये २० लाख ८० हजार ९१३ उपचारपछि घर फर्किएका छन् ।
यो निको हुनेको संख्या ज्यान गुमाउनेको भन्दा ६ गुणा बढी हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १ लाख ७ हजार बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् भने ४ हजार ९ सय ३४ जनाको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।












