Kathmandu Press

साफ फुटसल च्याम्पियनसिपः नेपाली महिला टिम बंगादेशसँग पराजित

थाइल्याण्डमा जारी प्रतियाेगिता अन्तर्गत सोमबार दिउँसो भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो। 
साफ फुटसल च्याम्पियनसिपः नेपाली महिला टिम बंगादेशसँग पराजित

काठमाडाैं, माघ ५ : साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

थाइल्याण्डमा जारी प्रतियाेगिता अन्तर्गत सोमबार दिउँसो भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो। 

Hardik ivf

बंगलादेशको जितमा सबिना खातुन, श्रिमोती कृष्णारानी सरकार र लिपि अक्तरले गोल गरे।

खेलको १४औं मिनेटमा सबिनाले गोल गर्दै बंगलादशलाई अग्रता दिलाएकी थिइन्। १९औं मिनेटमा कृष्णारानीले अग्रता दोब्बर बनाइन्।

दोस्रो हाफको ३३औं मिनेटमा अक्तरले गोल गर्दै ३–० को जित दिलाइन्।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि भारतसँग पराजित भएको नेपालले श्रीलंकासँग बराबरी र माल्दिभ्सलाई हराएको थियो।

प्रकाशित मिति: २०:१० बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्