Kathmandu Press

सामाजिक सुरक्षा भत्ता वितरण रोकिएकामा सांसद पन्थले गराए ध्यानाकर्षण

काठमाडौं, जेठ ९ : नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले अतिअशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका असहाय एकल महिलालाई विगतदेखि पाउँ....

सामाजिक सुरक्षा भत्ता वितरण रोकिएकामा सांसद पन्थले गराए ध्यानाकर्षण

काठमाडौं, जेठ ९ : नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले अतिअशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका असहाय एकल महिलालाई विगतदेखि पाउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने निर्णयप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनले बिहिबार एक विज्ञप्तिमार्फत यस कार्यबाट संविधानले ग्यारेन्टी गरेको सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको हनन हुने र संविधानले आत्मसात गरेको मौलिक हकको प्रतिकूल समेत भएको भन्दै विरोध जनाएका हुन् ।

यो कार्य कोरोना महामारीबाट जनता प्रताडित भइरहेको विषम अवस्थामा नेपालको संविधानमा उल्लेख भएको ‘अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनुपर्ने छैन’ भन्ने प्रावधान प्रतिकूल रहेको भन्दै सांसद पन्थले टिप्पणी गरेका छन् ।

अतिअशक्त अपाङ्गता भएका व्यक्ति र असहाय एकल महिलाको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य भएको भन्दै उनले उक्त निर्णय तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न सरकारसँग माग गरेका छन् । 

प्रकाशित मिति: ०८:२७ बजे, शुक्रबार, जेठ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्