Kathmandu Press

मधेशका पूर्वमुख्यन्त्रीले दिए प्रदेशसभाबाट राजीनामा, जनमत पार्टी पनि छाडे

प्रदेशसभाबाट राजीनामा दिएसँगै उनले जनमत पार्टी पनि छाडेका छन्। उनले जनमतको साधारण सदस्य समेत नरहेन गरी राजीनामा दिएको बताएका छन्। 
मधेशका पूर्वमुख्यन्त्रीले दिए प्रदेशसभाबाट राजीनामा, जनमत पार्टी पनि छाडे

जनकपुर, माघ ५ : मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिएका छन्। 

आसन्न प्रतिनिधिसभा निर्वातमा उम्मेदवार बन्नका लागि उनले प्रदेश सभाबाट राजीनामा दिएका हुन्।

प्रदेशसभाबाट राजीनामा दिएसँगै उनले जनमत पार्टी पनि छाडेका छन्। उनले जनमतको साधारण सदस्य समेत नरहेन गरी राजीनामा दिएको बताएका छन्। 

प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराएका छन्। आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन्। सोही पार्टीबाटै उनी प्रतिनिधिसभा उम्मेदवार बन्दै छन्।

प्रकाशित मिति: १३:४५ बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्