Kathmandu Press

काठमाडौं १ को विवादले काठमाडौंमा  राप्रपाले टिकट बाँड्न सकेन, रवीन्द्रले टिकट पाए विद्रोह हुने 

राप्रपाले विवाद मिलाउन आइतबार दुबै पक्षसँग छलफल गर्ने जनाएको छ। उप्रेती र मिश्रसहितको बैठकबाट निर्णय गरी उपत्यकाका उम्मेदवारको टुंगो लगाउने केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठले जानकारी गराए ।
काठमाडौं १ को विवादले काठमाडौंमा  राप्रपाले टिकट बाँड्न सकेन, रवीन्द्रले टिकट पाए विद्रोह हुने 

काठमाडाैं, माघ ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं १ मा विवाद चर्किएपछि काठमाडौं जिल्लामा  उम्मेदवार चयन गर्न सकेको छैन । 

काठमाडौं १ मा पार्टीका सह कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र दुबैजनाको दाबी परेपछि त्यसको प्रभाव अन्य निर्वाचन क्षेत्रमा पनि परेको हो।

क्षेत्रीय निर्वाचन समितिले पशुपतिशम्शेर राणालाई पहिलो र शोभित उप्रेतीलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो । राणाले आफू उम्मेदवार नबन्ने घोषणा गरेपछि उप्रेतीले स्वतः आफनो दाबी प्रस्तुत गरेका छन्। मिश्रले पनि आफनो उम्मेदवारी रहने बताएका छन्। 

वरिष्ठ उपाध्यक्ष मिश्र यो निर्वाचन क्षेत्रबाट दुईपटक पराजित भइसकेका छन् भने यसपटक क्षेत्रिय समितिले उनको नाम सिफारिस गरेको थिएन । मिश्रले आफनै पहलमा बैठक राखेर आपनो नाम जिल्ला समितिमा पठाएका थिए । 

राप्रपाले विवाद मिलाउन आइतबार दुबै पक्षसँग छलफल गर्ने जनाएको छ। उप्रेती र मिश्रसहितको बैठकबाट निर्णय गरी उपत्यकाका उम्मेदवारको टुंगो लगाउने केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठले जानकारी गराए ।

काठमाडौं १ का वासिन्दाले स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउन पाटीको ध्यानाकर्षण गराएकाछन।
 
प्रकाशित मिति: ०७:४७ बजे, आइतबार, माघ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्