साउदी अरबमा ७ नेपालीको मृत्यु, १३ सय ६४ जनामा संक्रमण
काठमाडौं, जेठ ९ : साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीहरुको सङ्ख्या एक हजार ३ सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन्। सङ्क्रमितमध्ये १७ जना महि....

काठमाडौं, जेठ ९ : साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीहरुको सङ्ख्या एक हजार ३ सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन्। सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन्।
संक्रमित नेपालीमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएका छन्। अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीको संख्या उच्च छ ।
कोरोनाको संक्रमण भएकासँग टेलिफोन सम्पर्कमा रहनेलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गर्न दूतावासले अनुरोध गरेको छ । रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ।
साउदी अरबमा हालसम्म ६५ हजार ७७ जनामा संक्रमण देखिएको छ भने ३ सय ५१ जनाको ज्यान गएको छ।











