Kathmandu Press

टी–२० महिला विश्वकप ग्लोबल छनोटका लागि सबै टिम तयार

कार्यक्रममा नेपाली क्रिकेट टिमकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि उत्साहित रहेको बताइन्। आफूले १८ वर्षपछि ग्लोबल छनोट घरमै खेल्ने मौका पाएको बताइन्।
टी–२० महिला विश्वकप ग्लोबल छनोटका लागि सबै टिम तयार

काठमाडाैं, माघ ३ : आइतबारदेखि काठमाडौंमा सुरु हुने आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोटका लागि सबै टिमहरू तयार रहेको बताएका छन् । शनिबार आयोजित प्रि म्याच कन्फ्रेन्समा सबै टिमका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताएका हुन्।

कार्यक्रममा नेपाली क्रिकेट टिमकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि उत्साहित रहेको बताइन्। आफूले १८ वर्षपछि ग्लोबल छनोट घरमै खेल्ने मौका पाएको बताइन्।

Hardik ivf

 ‘हामी राम्रो क्रिकेट खेल्नेछौं । घरेलु मैदानमा खेल्न उत्साहित छौं, प्रतियोगिता राम्रो हुनेछ भन्ने लागेको छ । १८ वर्षपछि यो मौका पाएका छौं,’ इन्दुले भनिन्, ‘ठूला टिमसँग खेल्न पाएका छौं । अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर पायौं । उत्साहित छौं, कन्फिडेन्ट पनि छौं।’

यो नेपालले आयोजना गर्न लागेको हालसम्मकै ठूलो प्रतियोगिता हो। यस्तो प्रतियोगिताले आउने पुस्तालाई पनि प्लाटफर्म सेट गर्न मद्दत पुग्ने कप्तान इन्दुले बताइन्। 

भोलिदेखि सुरु हुने प्रतियोगिताको पहिलो‌ खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ।

प्रकाशित मिति: २१:५२ बजे, शनिबार, माघ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्