Kathmandu Press

लकडाउनले घटेको उत्सर्जनले फरक पारेन जलवायु परिवर्तनमा

कोभिड-१९ महाव्याधिका कारण कार्बन उत्सर्जन नाटकीय रूपले घटेको छ। तर यसले जलवायु परिवर्तनमा दिगो प्रभाव नपर्ने वैज्ञानिकहरू बताउँछन्।

विश्व अर्थतन्त्र ठप्प हुँ....

लकडाउनले घटेको उत्सर्जनले फरक पारेन जलवायु परिवर्तनमा

कोभिड-१९ महाव्याधिका कारण कार्बन उत्सर्जन नाटकीय रूपले घटेको छ। तर यसले जलवायु परिवर्तनमा दिगो प्रभाव नपर्ने वैज्ञानिकहरू बताउँछन्।

विश्व अर्थतन्त्र ठप्प हुँदा अप्रिलको सुरूमा १७ प्रतिशतले कम उत्सर्जन भएको नयाँ अनुसन्धानले अनुमान गरेको छ। यो सन् २०१९ को औसतभन्दा प्रति दिन एक करोड ७० लाख टन कम हो। यस्तो अन्तिम पटक सन् २००६ मा देखिएको थियो।

बन्दाबन्दी जुनको मध्यसम्म रहे सन् २०२० को समग्र उत्सर्जन पोहोरभन्दा झण्डै चार प्रतिशतभन्दा कम हुने विश्लेषणमा देखिएको छ। वर्षको अन्त्यसम्म आर्थिक गतिविधि स्थगित गरे सात प्रतिशतले उत्सर्जन कम हुनेछ।

Hardik ivf

तर अध्ययन प्रतिवेदनका प्रमुख लेखक तथा इस्ट एङ्ग्लिया विश्वविद्यालयका प्राध्यापक कोरिन ला क्वेरले यसबाट जलवायु परिवर्तनमा थोरै मात्र प्रभाव पर्ने बताइन्।

“हाम्रो वरिपरि केही परिवर्तन भएको छन्,” उनले भनिन्,“कार, उद्योग र ग्याँसका बोइलर अझै छन्। यसरी जबरजस्ती थुन्नु जलवायु परिवर्तन समाधानको उपाय होइन। फोसिल उर्जाको प्रयोग छोड्न र भविष्यमा थोरै उर्जा प्रयोग गर्न हामीले धेरै ठूलो प्रयास गर्नुपर्छ।”

अप्रिलको अन्त्यसम्म एक अर्ब टन उत्सर्जन कम भएको विश्लेषणले देखाएको छ। सन् २०१९ मा जम्मा ३७ अर्ब टन कार्बन उत्सर्जन भएको थियो।

सबैभन्दा धेरै उत्सर्जन चीनमा घटेको छ। त्यहाँ २४ करोड २० लाख टन उत्सर्जन घटेको छ भने अमेरिकामा २० करोड ७० लाख टन घटेको छ। संयुक्त अधिराज्यमा एक करोड ८० लाख टन उत्सर्जन कम भएको छ।

विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्नलाई दशकौंसम्म प्रत्येक वर्ष उत्सर्जन कम गर्नुपर्ने प्राध्यापक ला क्वेरले बताइन्।

“हामी जनतालाई बन्द गर्न सक्दैनौं,” उनले भनिन्,“तर आर्थिक रूपमा सक्षम बन्ने क्रममा सबै देशले जलवायु परिवर्तनलाई पनि प्राथमिकता दिए पेरिस सम्झौताको उद्देश्य पूरा गर्न सहयोग पुग्छ।”

नेचर क्लाइमेट चेञ्जमा प्रकाशित अध्ययन प्रतिवेदनमा कार यात्राजस्ता सतहको यातायात घट्दा ४३ प्रतिशत उत्सर्जन कम भएको उल्लेख छ। औद्योगिक उत्पादन र उर्जा उत्पादन कम भएकोले ४३ प्रतिशत उत्सर्जन घटेको छ। उड्डयनलाई प्रमुख प्रदूषक मानिए पनि अधिकांश विमान ग्राउण्डेड हुँदा समेत समग्रमा १० प्रतिशत उत्सर्जन मात्रै कम भएको छ।

मेट अफिसमा जलवायु परिवर्तन अनुसन्धानका प्रमुख प्राध्यापक रिचर्ड बेट्सले दीर्घकालीन हरितगृह ग्याँस उत्सर्जनमा महाव्याधिले नाम मात्रै प्रभाव पार्ने बताए।  “हामी वायुमण्डलमा अझै पनि कार्बन डाइअक्साइड थिपरहेका छौं,” उनले भने,“अरू बेलाभन्दा थोरै कम हुनसक्छ।”

रिडिङ विश्वविद्यालयको युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजीका वैज्ञानिकहरूले गरेको अर्को अध्ययनमा बन्दाबन्दीको समयमा लन्डनको कार्बन डाइअक्साइड उत्सर्जन ६० प्रतिशतले घटेको देखिएको छ। बिटि टावरबाट मापन गर्दा मार्च २३ बाट सुरू भएको बन्दाबन्दी मेको पहिलो सातासम्म आइपुग्दा उत्सर्जन उल्लेखनीय ढङ्गले घटेको देखिएको छ।

एडिनबरा विश्वविद्यालयका प्राध्यापक डेभ रे भन्छन्,“बन्द बसल, खाली आकाश र सुनसान सडक लगायत बन्दाबन्दीले विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनमा सानो प्रभाव परेको छ। तर जलवायु परिवर्तन रोकिएको छैन। २१औं शताब्दीमा जलवायु परिवर्तन सम्भयताको सबैभन्दा ठूलो खतरा भएको छ। आगामी केही वर्षले आउने पुस्ताको जलवायु भविष्य परिभाषित गर्नेछ।”
 

प्रकाशित मिति: ०६:३३ बजे, शुक्रबार, जेठ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्