१०५ केजी चरेससहित तीन पक्राउ
धादिङ, फागुन २६ : धादिङको गजुरीबाट एकसय पाँच किलोग्राम चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
आज बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जान ला....

धादिङ, फागुन २६ : धादिङको गजुरीबाट एकसय पाँच किलोग्राम चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
आज बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जान लागेको ना ५ ख २८१२ नं.को बसमा लुकाएर लैजान लागेको अवस्थामा चरेस सहित तीनजनालाई पक्राउ गरिएको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए ।
पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो ।
यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो अवैध प्रतिबन्धित लागुऔषध गाडीमा हालेर ल्याइएको प्रहरीले जनाएको छ ।











