Kathmandu Press

एक्स्ट्रिम इनर्जीले महिला क्रिकेट टिमको जर्सी प्रायोजन गर्ने, क्यानलाई वार्षिक ८० लाख दिने

नेपाली टिमले अब टि–२० महिला विश्वकपको ग्लोबल छनोटमा एक्स्ट्रिम इनर्जीको लोगो भएको जर्सी लगाउने छ।
एक्स्ट्रिम इनर्जीले महिला क्रिकेट टिमको जर्सी प्रायोजन गर्ने, क्यानलाई वार्षिक ८० लाख दिने

काठमाडाैं, माघ २ : नेपाल क्रिकेट संघ (क्यान)लाई एक्स्ट्रिम इनर्जी ड्रिंक्सले वार्षिक ८० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ।

शुक्रबार क्यानले एक्स्ट्रिम इनर्जी ड्रिंक्स र संघबीच वार्षिक ८० लाख रुपैयाँ प्रायोजन गर्ने गरी सम्झौता भएको जनाएको हो।

क्यानले यो सम्झौतापछि एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई राष्ट्रिय महिला टिमको ‘प्रिन्सिपल स्पोन्सर’को रूपमा घोषणा गरेको छ। नेपाली टिमले अब टि–२० महिला विश्वकपको ग्लोबल छनोटमा एक्स्ट्रिम इनर्जीको लोगो भएको जर्सी लगाउने छ।

क्यानका अनुसार सम्झौता दुई वर्षसम्म कायम रहनेछ। क्यानले राष्ट्रिय महिला टिमको विकासको निम्ति संघ र एक्स्ट्रिम इनर्जी ड्रिंक्सले शंकल्प गरेको जनाएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको यो सम्झौताले महिला क्रिकेटहरूलाई थप हौसला प्राप्त प्रदान गर्ने र देशभरिका नयाँ पुस्ताहरूलाई प्रोसाहित गर्ने क्यानले जनाएको छ। यो सम्झौता महिला एथलिट्सहरूको वृद्धिविकास र नेपालमा महिला क्रिकेटको दिगो विकासको निम्ति भएको पनि क्यानले जनाएको छ। 

प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, माघ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्