Kathmandu Press

मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन प्रशासनले आवश्यक तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत माननीय जिल्ला न्यायाधीश निमबहादुर कुवरले जानकारी दिए।
मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुगु, माघ २ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जिल्ला अदालत मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको छ।

मुगु क्षेत्र नम्बर १ अन्तर्गत सञ्चालन हुने उक्त कार्यालय सदरमुकाम गमगढीस्थित जिल्ला अदालत परिसरभित्र रहनेगरी स्थापना गरिएको हो।

Hardik ivf

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन प्रशासनले आवश्यक तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत माननीय जिल्ला न्यायाधीश निमबहादुर कुवरले जानकारी दिए।

उनका अनुसार जिल्लाभरि कुल ६७ वटा मतदान स्थल र ६९ वटा मतदान केन्द्र तोकिएका छन्, जसबाट मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। मुख्य निर्वाचन अधिकृत कुवरले निर्वाचन प्रक्रियालाई मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारकर्मी तथा सरोकारवाला निकायको सक्रिय सहयोग आवश्यक रहेको बताए।

उनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै डर, दबाब, प्रलोभन तथा अवाञ्छित प्रभावबाट मुक्त भई मतदान गर्न मतदातालाई अनुरोध गरे। उनका अनुसार निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था, कर्मचारी परिचालन, मतदान सामग्री व्यवस्थापन तथा मतदाता शिक्षासम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ।

निर्वाचनसँग सम्बन्धित कुनै गुनासो वा समस्या भए तत्काल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल, स्वच्छ र पारदर्शी रूपमा सम्पन्न गर्न निर्वाचन प्रशासनले सबै पक्षको सहकार्य अपेक्षा गरेको छ।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, माघ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्