Kathmandu Press

साफ फुटसल च्याम्पियसिपमा नेपाल विजयी

नेपालका लागि दुवै गोल सरोज तामाङले गरे।
साफ फुटसल च्याम्पियसिपमा नेपाल विजयी

काठमाडाैं, माघ २ :थाइल्यान्डमा जारी साफ फुटसल च्याम्पियनसिपको पुरुषतर्फ नेपालले विजयी सुरुआत गरेको छ। 

केहीबेरअघि सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि २–१को जित निकालेको हो। नेपालले १ गोलले पछि परेको अवस्थामा उल्टाउँदै जित निकालेको हो। 

फुटसलमा नेपाली पुरुष टिमको यो पहिलो अन्तर्राष्ट्रिय जित हो। नेपालका लागि दुवै गोल सरोज तामाङले गरे।

अब नेपालले १८ जनवरीमा दोस्रो खेल भारतसँग खेल्ने छ।

प्रकाशित मिति: १५:११ बजे, शुक्रबार, माघ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्