आज कति पुग्यो सुन चाँदीको मूल्य?
बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको हो।
काठमाडौं, माघ १ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको हो।
बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज तोलामा १ सय ७० रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, माघ १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












