Kathmandu Press

पहिलो अभ्यास खेलमा आयरल्यान्डसँग नेपालको फराकिलो हार

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाली टिम आयरल्यान्डसँग ९९ रनको फराकिलो अन्तरले पराजित भएको हो। 
पहिलो अभ्यास खेलमा आयरल्यान्डसँग नेपालको फराकिलो हार

काठमाडौं, पुस ३० : आईसीसी महिला टि–२० विश्वकप ग्लोबल छनोटअघिको अभ्यास खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ। 

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाली टिम आयरल्यान्डसँग ९९ रनको फराकिलो अन्तरले पराजित भएको हो। 

Hardik ivf

आयरल्यान्डले पहिला ब्याटिङ गर्दै दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १०१ रनमै अलआउट भयो। नेपालका लागि कविता जोशीले सर्वाधिक २८, बिन्दु रावलले २५, कप्तान इन्दु बर्माले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा अयाल्यानडका अमी मग्वायर र ओर्लो पेन्डरगास्टले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो। उसका कप्तान गेबी लेविसले ३८ बलमा ७७ रनको विस्फोटक इनिङ खेल्दा ओर्ला पेन्डरगास्टले २९ बलमा ६२ रन बनाइन्। 

बलिङमा नेपालका लागि रुबिना क्षेत्रीले २ तथा रिया शर्माले १ विकेट लिए।

नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ।

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, पुस ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्