कोरोनाबाट मृत्यु भएका पुरुषको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ
अर्धाखाँची, जेठ ८ : कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –१ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब जा....

अर्धाखाँची, जेठ ८ : कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –१ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब जाँचको रिपोर्ट नेगेटिभ आएको छ। गुल्मी मदानेका कोरोना संक्रमित शिक्षकले उपचार गरेका क्लिनिकका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको हो।
संक्रमित शिक्षकको भने आजै निधन भएको छ। ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि पोलिक्लिनिकमा आएका शिक्षकको क्लिनिकमा उपचार सम्भव नभएपछि यही जेठ १ रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











