Kathmandu Press

११औं खिचरा महोत्सव–२०८२ चितवनमा सुरू

खैरहनी नगरपालिका वडा नं. ५ को गौचरनमा थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गरेको महोत्सव माघ १० गतेसम्म चल्ने छ। चितवनका थारू समुदायले खिचरा पर्वलाई नयाँ वर्षको रूपमा मनाउने गरेका छन्।
११औं खिचरा महोत्सव–२०८२ चितवनमा सुरू

काठमाडौं, पुस २९ : थारू कला संस्कृति संरक्षण गर्न मंगलबारदेखि चितवनको खैरहनीमा ‘११औं खिचरा महोत्सव–२०८२’ सुरू भएको छ।

खैरहनी नगरपालिका वडा नं. ५ को गौचरनमा थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गरेको महोत्सव माघ १० गतेसम्म चल्ने छ। चितवनका थारू समुदायले खिचरा पर्वलाई नयाँ वर्षको रूपमा मनाउने गरेका छन्।

Hardik ivf

थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा १५० स्टल रहेका छन्।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न संघ÷संस्थाका स्टल रहेको छ।

यस्तै महोत्सव परिसरमा थारू कलासंस्कृति झल्किने आर्ट ग्यालरी समेत निर्माण गरिएको छ।

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, पुस २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्