Kathmandu Press

झापाका थप ८ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ ८ : झापाका थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार प्रदेश १ को प्रादेशिक प्रयोगशालामा गरिएको परीक्....

झापाका थप ८ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडौं, जेठ ८ : झापाका थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार प्रदेश १ को प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोनाको संक्रमण भेटिएको हो। 

संक्रमितहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीय पुरुष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। 

यसअघि बिहीबार बिहान झापाकै कचनकवल गाउँपालिका–३, ६ र ८ का १८ देखि ४६ वर्ष उमेर समूहका १५ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।  

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ४५३ पुगेको छ। तीमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, जेठ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्