बम विस्फोटनको विरोधमा देशभरका म्यानपावर बन्द
काठमाडौं, फागुन २६ : बैदेशिक रोजगार व्यवसायीहरूले व्यवसायिक सुरक्षा माग गर्दै आज देशभरका म्यानपावर कम्पनी बन्द गरेका छन् ।
शुक्रबार वैदेशिक ....
काठमाडौं, फागुन २६ : बैदेशिक रोजगार व्यवसायीहरूले व्यवसायिक सुरक्षा माग गर्दै आज देशभरका म्यानपावर कम्पनी बन्द गरेका छन् ।
शुक्रबार वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोटन गरिएको थियो । त्यसको विरोधमा वैदेशिक रोजगार व्यवसायीले देशभरका म्यानपावर बन्द गरेका हुन् । उनीहरूले सुरक्षाको माग गर्दै सांकेतिक रुपमा विरोध जनाएका हुन् ।
शुक्रबार संघका अध्यक्ष गुरुङको घरमा बम विष्फोट गराइएको थियो । विष्फोटबाट चार जना घाइते भएका छन । त्यस्तै, पार्किङ गरेर राखिएको बा १० च ६७८९ नम्बरको ल्याण्ड क्रुजर गाडी जलेरको छ ।
विष्फोटको जिम्मामा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । विप्लव समूहको युवा संगठन नेपालका मध्य केन्द्रीय कमाण्डका सचिव शिशिरले शनिबार प्रेस विज्ञप्ती जारी गरि विस्फोटको जिम्मा लिएका हुन् ।
प्रहरीले भने अहिलेसम्म कसरी विस्फोट गराइयो भन्ने एकीन गर्न सकेको छैन् । घटनाको छानविन भइरहेको प्रहरीको भनाइ छ ।
व्यवसायीहरूले विस्फोट घटनाको सत्थ तथ्य पत्ता लगाई दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेका छन् ।






